एनएमबि लघुवित्त वित्तीय संस्थाको नाफा १४०३ प्रतिशतले बढ्यो



काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले सार्वजनिक गरेको विवरण अनुसार १ करोड १२ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १४०३.०४ प्रतिशतले बढेको हो । गत आवको सोहि अवधिमा १० लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा संस्थाको नाफा बढ्नमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको छ । गत आवको सोहि अवधिमा ४ करोड ४० लाख ६१ हजार रुपैयाँ आर्जन गरेको संस्थाले चालु आवको सोहि अवधिमा ५ करोड ९९ लाख ४६ हजार आर्जन गरेको खुद ब्याज आम्दानी गरेको छ ।

यस्तै गत आवको सोहि १५ लाख १५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन संस्थाले चालु आवको सोहि अवधिमा २ करोड ३७ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ ।

१६ करोड २० लाख ६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १६ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको छ । १ अर्ब १८ करोड ५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको एनएमबिले ३ अर्ब १८ करोड १९ लाख ९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको खराब कर्जा २.२७ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा रहेको संस्थाको प्रति सेयर नेटवर्थ २ सय रुपैयाँ ३९ पैसा रहेको छ ।


क्लिकमान्डु