सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त



काठमाडौं । सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् ।  २०७६ साल कात्तिक १ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिबमा नियुक्त गरेको हो ।

करिव २० वर्ष देखि बैंकिंङ क्षेत्रमा रहेका श्रेष्ठ स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भईविभिन्न ओहदामा रही कार्यसम्पादन गर्दै आएका छन् । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।

बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु