विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साह साधारण तारेखमा रिहा




काठमाडौं । धनुषा जिल्ला अदालतले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड तथा कर्मचारीलाई हातपात गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद कुमार शाहलाई साधारण तारेखमा रिहा गरेको छ ।

शुक्रबार न्यायाधीश तेज नारायण पौडेल गत मंगलबार विमानस्थलमा तोडफोड तथा हातपात गरेको आरोपमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

साहले सोमबार जनकपुरबाट बुद्ध एयरको जहाजमा काठमाडौं आउने क्रममा बिमान ढिला भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । जसमा उनले काउन्टर तोडफोड गर्नुका साथै कर्मचारीमाथि गालीगलौच र हातपात समेत गरेका थिए ।

सोमबार ११ः३० बजे आइपुग्नुपर्ने जहाज साढे २ बजे मात्रै जनकपुर पुगेको थियो । उक्त घटना भएपछि वायुसेवा सञ्चालक संघ नेपालले साहलाई कारबाही नगरे सबै उडान ठप्प पार्ने भन्दै ७ दिनको अल्टिमेटम दिएका थिए ।

साह दोषी प्रमाणित भएमा ५ देखि १० वर्ष जेल जान सक्छन् ।


क्लिकमान्डु