एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, कसले कति मत पाए ? (परिणामसहित)



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजय भएका छन् ।

उनले आफ्ना प्रतिद्धन्दी कुल आचार्यलाई १४७ मत अन्तरले विजयी भएका हुन । पन्तले १२१७ मत पाएका हुने भने आचार्यले १०७० मत पाएका थिए । जर्मनीमा व्यवसाय गरेका पन्तले बेलायतमा व्यवसाय गरेका आचार्यलाई हराउँदै आगामी २ वर्षका लागि अध्यक्षमा चुनिएका हुन् ।

यस्तै उपाध्यक्षमा ४ जना विजयी भएका छन् । ४ जनाको लागि ९ जनाले उमेद्वारी दिएका थिए । विजयी हुनेमा अर्जुन कुमार श्रेष्ठ १०२६ मत, डा बद्री केसी ११६३ मत, मन केसी ९६१ र सोनाम लामाले ८९८ मत ल्याएर विजयी भएका छन ।

यस्तै पराजय व्यहोर्नेहरु धर्मराज अधिकारी ७५५, हिक्मत बहादुर थापा ४१४, डा. केसव पौडेल ८७०, किरण विक्रम थापा ४२३, नरेन्द्र बहादुर भाटले ७५९ मत ल्याएका छन् ।

निर्जाचनमा २ जना सचिवको लागि ७ जनाले आवेदन दिएका थिए । विजयी हुनेमा गौरी राज जोशी र आर के शर्मा रहेका छन् । जोशीले ९१६ र शर्माले ८६८ मत ल्याएका छन् ।

त्यस्तै पराजय व्यहोर्नेमा अभिमान सिंह बस्नेत ४९९ मत, विनय अधिकारी २६८, दीपक प्रसाद ओली २७०, शिव कुमार बरुवाल ५७९ र सुष्मा लिम्बुले ४४१ मत पाएकी छिन् ।

कोषाध्यक्षमा १६५३ मत पाएर महेस कुमार श्रेष्ठ विजयी भएका छन् । उनको निकटतम प्रतिद्धन्दी सुदन थापाले ५४७ मत पाएका छन् । यता सह कोषाध्यक्षमा गोविन्द प्रसाद गौतमले ८५२ मत पाएर पराजय व्यहोर्दा लोक प्रसाद दाहालले भने ११८४ मत ल्याएर विजयी भएका छन् ।

महिला संयोजकमा भोष देवी लिम्बु ७०२ मत पाएर विजयी भएकी छिन् । जुनु गुरङको ४०७, प्रमिला खड्का बस्नेत ३७४ र संगिता भरहट्टा शर्माको ६५२ मत खसेको थियो ।

युवा संयोजकमा हिमाल गुरुङ ७६८ मत पाएर विजयी भएका छन् । सुदिप कार्कीको ६५५ र स्वतन्त्र प्रताप शाहको ७३३ मत खसेको छ ।

क्षेत्रिय संयोजकमा (अफ्रिका) रोशन थापा, क्षेत्रिय महिला संयोजक (अफ्रिका)को लागि मनकला थापा विष्ट निर्विरोध भएका छन् । अफ्रिकाको लागि क्षेत्रिय उपसंयोजक २ जना हुनेपर्नेमा कुनै पनि उमेद्वारी नपरेको निर्वाचन समितिले जनाएको छ ।


क्लिकमान्डु