बर्षा रोकिएपछि दैनिक करिब ८० कन्टेनर सामान लिन चीन नाकातिर

क्लिकमान्डु २०७६ कार्तिक १ गते ११:०१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको संख्या दिनानुदिन बढ्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बडा दशैंं समाप्तीसँगै सामान लिनका लागि दैनिक करिब ८० वटा ट्रक कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरुङतर्फ प्रस्थान भइरहेको छ ।

बर्षायाम समाप्तीसँगै पहिरो जाने समस्या हल भएकाले चिनियाँ सामग्री लिन जाने आउने सवारी साधन गुडाउन सहज हँुदै गएको छ ।

विसं २०७२ मंसिर १५ गतेदेखि पूर्णरूपमा चालू रहेको नेपालको उत्तरी रसुवागढी नाकाबाट आयात हुने मालवस्तुमा स्याउ, ओखर, स्याउपाती जस्ता फलफूल र अन्य सामानमा जुत्ता, चप्पल, थर्मस, रोल कपडा, तयारी पोशाक, चक्लेट, बच्चाको खेलौना, इलेक्ट्रिक सामान, नेपालमा निर्माणाधीन हाइड्रो पावरका उपकरणलगायतका मालवस्तु रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

आयात हुने सामग्री छिटोभन्दा छिटो केरुङबाट नेपाल पठाउन मुसा ट्रान्सपोर्टले सबैभन्दा बढी सामान ट्रकमा लाग्ने गरेको र ढुवानीका लागि सो कम्पनी केरुङका क्षेत्रमा सबैभन्दा ठूलो ढुवानी कम्पनी मानिएको व्यापारीले बताएका छन् ।

केरूङमा सामान लाग्ने काम छिटोछरितो हुने गरेका कारण सामान लिन गएका ट्रक कन्टेनर पनि दैनिकरूपमा ६० वटाको हाराहारीमा नेपाल फर्कने गरेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले बताए ।

गत भदौ ३१ गतेदेखि पुनः सञ्चालनमा आएको स्याफ्रुबेसी मैलुङ–बेत्रावती खण्ड र धुञ्चेतर्फको पासाङल्हामु मार्गसमेतका दुवै राजमार्ग सञ्चालनमा आएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स