मेगा बैंकले साधारणसभा बोलायो, ११.७५% नगद लाभांश र मर्जर तथा एक्वायरको प्रस्ताव



काठमाडौं । मेगा बैंकले वार्षिक साधारणसभा गर्ने भएको छ ।

बैंकले यही कात्तिक २९ गते आफ्नो ९औं वार्षिक साधारणसभा गर्ने भएको हो । जसका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ ।
कात्तिक १४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने बैंकले जनाएको छ ।

साधारणसभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई एक गाभ्ने र गाभिने सम्बन्धमा प्रस्ताव पनि गरेको छ ।

बैंकको नवौं वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु