युनाइटेड इन्स्योरेन्सले साधारणसभा बोलायो, मर्जरको विषेश प्रस्ताव




काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले मर्जरको विषेश प्रस्ताव गर्दै २५ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ३३९ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४/७५ को साधारणसभा यही कात्तिक २६ गते गर्ने निर्णय गरेको हो ।

जसका लागि कम्पनीले कात्तिक ८ गतेदेखि कात्तिक २६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । साथै साधारणसभामा कम्पनीले कुनैपनि निर्जीवन बीमा कम्पनीहरुसँग आपसमा गाभ्न वा गाभिन अथवा प्राप्तीका लागि विषेश प्रस्ताव गरेकोे छ ।

नियामक बीमा समितिले बीमा कम्पनीहरु पनि मर्जरमा लैजाने उद्देश्यले मर्जरको नीति अवलम्वलन गरिसकेको छ । त्यसैले अहिले सबै बीमा कम्पनीहरुले मर्जरको ढोका खुल्ला गर्न थालेका छन् ।


क्लिकमान्डु