वाणिज्य बैंक र माछापुछ्रे बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर
काठमाडाैं । शुक्रबार राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकले ब्याजदर सार्वजनिक गरेका हुन । पछिल्लो समयमा बैंकहरुले ब्याजदर सार्वजनिक गर्ने कार्यलाई होडबाजी जस्तै बनाएका छन् ।
शुक्रबार ब्याजदर सार्वजनिक गर्ने दुई बैंकमध्ये वाणिज्य बैंकले कर्जाको ब्याजदर सार्वजनिक गरेको छ भने माछापुच्छ्रे ले निक्षेपको मात्रै ब्याजदर सार्वजनिक गरेको छ ।
वाणिज्य बैंकको भदौ मसान्तसम्मको आधार दर ६.८९ प्रतिशत रहेको छ । यो बैंकबाट कर्जा लिँदा १२.५६ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट घर कर्जा, व्यक्तिगत, मोर्टगेज, सुन कर्जा लिँदा १२.५६ प्रतिशत ब्याज लाग्ने छ । यस्तै धितो कर्जा ११.८९, गाडी कर्जा १०.८९, शिक्षक कर्जा लिँदा ११.८९ प्रतिशत ब्याज लाग्ने छ ।
त्यस्तै शुक्रबार माछापुच्छे« बैंकले डिपोजिट तर्फको ब्याजदर सार्वजनिक गरेको छ । सबै भन्दा बढी बचतमा ६.५ र सबैभन्दा कम ब्याज १.५ प्रतिशत रहेको छ ।