सरकारले दियो ३ सिमेन्ट उद्योगलाई दियो खानी प्रयोग गर्ने स्वीकृति




काठमाडौं । सरकारले ३ सिमेन्ट उद्योगका लागि खानी प्रयोग गरी गर्ने स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कसमस सिमेन्ट प्रालि र बाराही क्वेरिज प्रालिलाई चुन ढुंगा उत्खननका लागि स्वीकृति दिएको हो ।

पछिल्लो दिनमा नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न स्वदेशी तथा विदेशी कम्पनीहरुले एकपछि अर्को गर्दै काम सुरु गरेपछि खानीका स्वीकृति लिने क्रम पनि बढेको छ ।

चुन ढुंगा उत्खननका लागि कसमस सिमेन्टले उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.९९ हेक्टर जग्गा प्रयोग गर्नेछ । यस्तै, चुनढुंगा उत्खननकै लागि अर्को सिमेन्ट उद्योगले ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.२० हेक्टर जग्गा प्रयोग गर्नेछ ।

त्यस्तै चुन ढुंगा उत्खननका लागि बाहारी क्वेरिज प्रालिले तनहुँको ब्यास नगरपालिका अन्तर्गत राष्ट्रिय र सामूदायिक वन क्षेत्रको ४.८५ हेक्टर जग्गा प्रयोग गर्नेछ ।


क्लिकमान्डु