एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजय भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

जर्मनीमा व्यवसाय गरेर बसेका पन्तले बेलायतमा व्यवसाय गरेर बसेका कुल आचार्यलाई हराउदै २ वर्षका लागि अध्यक्षमा चुनिएका हुन् ।

पन्त अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १३५ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन्। उनले १०९४ मत प्राप्त गरे भने आचार्यले जम्मा ९५९ मत पाए।

अध्यक्षमा निर्वाचित पन्त यो भन्दा अगाडिको कार्यसमितिमा उपाध्यक्ष थिए । आचार्य पनि उपाध्यक्ष नै थिए ।

कोषाध्यक्षमा भने जापानका महेश श्रेष्ठ विजयी भएका छन् ।

यो पटकको एनआरएनएको निर्वाचनमा प्रष्ट रुपमा राजनीतिक विभाजन देखिएको छ । अध्यक्षमा निर्वाचित पन्तलाई नेकपाले सहयोग गरेको थियो । तर,केही कांग्रेस निकट नेताको समर्थन भने पन्तले पाएका थिए ।

यसको औपचारिक घोषणा हुन भने बाँकी छ । औपचारिक घोषणा नभएपनि पन्तको फेसबुकमा एनआरएनएका उम्मेद्वारहरुले नै बधाई दिएका छन् । सचिव पदका उम्मेद्वार रहेका आरके शर्माले पन्तलाई बधाई दिइसकेका छन् ।

अत्याधिक तनावग्रस्त तरिकाले एनआरएनएको निर्वाचन तथा मतगणना सम्पन्न भएको थियो ।

आचार्यलाई कांग्रेसले आधिकारिक नै उम्मेद्वार बनाएको थियो । आचार्यलाई जिताउनका लागि कांग्रेसका नेताहरु फिल्डमा उत्रेका थिए ।

पदाधिकारीमा भने उपाध्यक्ष बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भए । महासचिवमा डा हेमराज शर्मा
सचिवमा गौरी जोशी र आरके शर्मा र कोषाध्यक्षमा महेश श्रेष्ठ र सह कोषाध्यक्ष लोक दाहाल विजयी भए ।

 


क्लिकमान्डु