पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन



काठमाडौं । पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ ।

७९ वर्षे राणाको मेडसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी मुटु रोगबाट पीडित थिए । राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि अर्थमन्त्री बनेका थिए ।

व्यवस्थापन अर्थशास्त्रका अध्यापक राणा पुराना पुस्ताका अर्थशास्त्रीको रुपमा चिनिन्छन् । उनी साउथ एशियन इन्सिच्युट अफ म्यानेजमेन्टमा प्राध्यापकको रुपमा कार्यरत थिए ।

राणाको श्रीमति र २ छोरा छन् ।


क्लिकमान्डु