सिटी एक्सप्रेसले दियो लक्की ड्र विजेतालाई टि.भी. उपहार




काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्स्फरले लक्की ड्र विजेतालाई टिभि उपहार दिएको छ । विजेताले ३२ इन्चको सामसुङ टिभि उपहार पाएका छन् ।

कुवेतस्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजक भई सेप्टेम्बर २०,२०१९ मा ब्वाईज स्काउट एसोसीएसन हल हवाली ,कुवेतमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको थियो। जस्मा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो ।

कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित हुनु भएको दर्शकहरुमा लक्की ड्र सञ्चालन गरिएको थियो , जस्को बिजेता जय बहादुर थापा भएका थिए । सोेहि कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।

नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टि.भीं किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि. संग साझेदारी गरेको छ ।

सम्झैता अनुसार कतार ,साउदी,कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोहि देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन ।


क्लिकमान्डु