नेपालले यो वर्ष ६.३ प्रतिशत आर्थिक बृद्धिदर गर्ने आइएमएफको प्रक्षेपण



काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले यो वर्ष नेपालले ६.३ प्रतिशत आर्थिक बृद्धिदर गर्ने प्रक्षेपण गरेको छ ।

आइएमएफले आइएमएफ इकोनोमिक आउटलुक जारी गर्दै चालु आर्थिक वर्षमा ६.३ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य राखेको छ ।

केही दिन अगाडि विश्व बैंकले चालु आर्थिक वर्षमा ६.४ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको थियो ।

दक्षिण एशियामा सबैभन्दा बढी आर्थिक बृद्धिदर बंगलादेशले ७.४ प्रतिशत गर्ने प्रक्षेपण आइएमएफको रहेको छ ।

आइएमएफले अमेरिका र चीनबीचको व्यापार युद्दले विश्वमा औद्योगिक क्षेत्रको उत्पादनमा गिरावट आउने प्रक्षेपण गरेको छ ।
विश्वको आर्थिक बृद्धिदर ३ प्रतिशतले बढ्ने प्रक्षेपण आइएमएफको छ ।


क्लिकमान्डु