राष्ट्रपति भण्डारी हेलिकप्टर चढेर शीतल निवासबाट विमानस्थल पुगिन्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासदेखि त्रिभुवन विमानस्थलसम्म हेलिकप्टरमा पुगेकी छन् ।
म्यानमार भ्रमणमा जाने क्रममा बुधबार बिहान निवासबाट हेलिकप्टरबाट विमानस्थल पुगेकी हुन् ।
राष्ट्रपतिको सवारीका क्रममा ट्राफिक व्यवस्थापनका कारण सर्वसाधारणले दुःख पाएको भन्दै विगतमा चर्को आलोचना हुँदै आएको थियो । त्यसैले पहिलो पटक सडकमार्गको साटो हवाईमार्ग प्रयोग गरिएको हो ।
नेपाली सेनाले यसअघि १ अर्ब ७० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको थियो । जसलाई प्रधानमन्त्री र राष्ट्रपतिको उडानका लागि प्रयोग गर्ने भनिएको थियो ।
राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टोको निमन्त्रणामा त्यहाँ जान लागेकी हुन । त्यहाँ उनले द्वीपक्षीय वार्ता गर्नेछिन् ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायतका छन् ।