पब्जी एक घण्टा बन्द हुने, के छन् नयाँ भर्सनका विशेषता ?




काठमाडौं । निकै चर्चित रहेको सुटिङ गेम पब्जी अक्टोबर १६ तारिखका दिन एक घण्टा बन्द हुने भएको छ । पब्जीको नयाँ भर्सन ०.१५.० अपडेट हुने भएकाले केही समय बन्द हुने भएको हो ।

अपडेट भएपछि पब्जीमा थपिने नयाँ विशेषताहरुमा अल न्यू पेलोड मोड र अपडेट गरिएको सर्भाइभ टिल डन– हलोइन मोड रहनेछन् ।
पब्जी मोबाइल निर्माता टेन्सेन्ट गेम्सले आउँदै गरेको पब्जीको नयाँ भर्सनबारे गत हप्ता विस्तृत विवरण दिएको थियो र अक्टोबरलाई रिलिज डेट तोकेको छ ।

नयाँ भर्सनको अल न्यू पेलोड मोडमा अब खेलाडीहरुले हेलिकप्टर उडाउन सक्ने र हावामै शत्रुसँग भिडन्त गर्न सक्नेछन् । त्यसैगरी अपडेटेड पब्जीमा नयाँ हतियारहरु थप गरिएको छ ।

पेलोड मोडका अलवा पब्जीको नयाँ भर्सनमा परिष्कृत स्काइबक्स, रङहरु र ब्याकग्राउण्ड बस्तुहरु रहेका छन् ।

त्यसैगरी अन्य महत्वपुर्ण विशेषतामा लेज ग्य्राब, डिजर्ट इगल छन् ।


क्लिकमान्डु