जब अर्थमन्त्री खतिवडाले पूर्व अर्थमन्त्री महतको कुरामा सहमति जनाउदै भने- उहाँ हाम्रो अग्रज हो
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको बारेमा धेरैको बुझाई अरुले भन्दा आफुले बढी जानेको भन्ने छ ।
व्यवसायिक संस्थाहरु आफ्ना समस्या लिएर अर्थमन्त्री खतिवडासँग भेट्न जादा मन्त्रीबाट पाउने जवाफ मलाई तपाईहरुको समस्या थाह छ भन्ने हो ।
अझ उनी गभर्नर भएको बेला एउटा छलफल कार्यक्रममा आफुले मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेको भन्दै बैंकिङ क्षेत्रमा देखिएका समस्याको बारेमा आफुलाई पाठ नबढाउन आग्रह गरेका थिए ।
अरुका कुरा नसुन्ने बानी भएको भन्दै अर्थमन्त्री खतिवडाको आलोचना समेत हुने गरेको छ ।
मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले भने पूर्व अर्थमन्त्री डा रामशरण महतले बोलेको कुरामा भने सहमत जनाउदै महत अग्रज भएको र उहाँले भने कुरा ठीक भएको बताए ।
गैर आवासीय नेपाली संघ(एनआरएनए)ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि डा युवराज खतिवडा थिए । विशिष्ट अतिथि डा महत थिए । महतले नेपालमा विकास खर्च हुन नसकेको तथा पूर्वाधार विकास नभएको कारण ११८ अर्ब रुपैयाँको लगानी काम नभएको बताएका थिए ।
अर्थमन्त्री खतिवडाले महतले बोलेको कुरा ठीका भएको भन्दै आफ्ना कुरा राखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीले खास गरेर डा रामशरण महतमाथि निकै नै खनिने गरेको छ । महतले लिएको आर्थिक उदारिकरणले सरकारी उद्योग महतले बेचेको आरोप लगाउने गरेको छ । नेकपाको घोषणापत्रमा समेत सो कुरा उल्लेख थियो । जुन घोषणापत्र लेख्ने एक सदस्यमा हालका अर्थमन्त्री डा खतिवडापनि थिए ।
अघिल्लो वर्ष अर्थमन्त्री डा खतिवडाले ल्याएको बजेटमा ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य राखेका थिए । बजेटमा टिप्पणी गर्दै पूर्वअर्थमन्त्री डा महतले त्यो लक्ष्य पुरा नहुँने बताएका थिए ।
बजेटपछि आयोजना भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले डा महत आफ्ना गुरु पनि रहेको भन्दै उनलाई असफल नबनाउन ७.९ प्रतिशत आर्थिक बृद्धिदर गर्ने बताएका थिए । यद्यपी अर्थमन्त्रीले भनेको भन्दै १ प्रतिशत कम आर्थिक बृद्धिदर गतवर्ष भयो ।