बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नगरे उडान ठप्प पार्ने आयोनको चेतावनी
काठमाडौं । सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई ७ दिनभित्र कारबाही नगरे सबै उडान बन्द गर्ने नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ ।
साहले सोमबार उडान ढिला भएको भन्दै गालीगलौच तथा कर्मचारीमाथि हातपात परेका थिए । उक्त घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको हो ।
संघले कारबाही नगरे असुरक्षाका कारण उडान बन्द गरिने जानकारी गराएको छ ।