भारतीय मूलका अर्थशास्त्री बनर्जी दम्पतिसहित तीन जनाले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार




काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अभिजित बनर्जी, इस्तर डुफलो र माइकल क्रेमरले संयुक्त रुपमा पाएका छन् ।

 

गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

विगत २ दशकयता उनीहरुले गरिबी निवारणका लागि गरेको एक्सपेरिमेन्टल एप्रोचका लागि सम्मान गरिएको हो । विश्वभर ७० करोड जनसंख्या गरिबीमा रहेको तथ्यांक छ ।

भारतीय मूलका अमेरिकी अर्थशास्त्री बनर्जीले भारतमा अपांग बालबालिकाको विद्यालय शिक्षाको व्यवस्थालाई बलियो बनाएका थिए । जसमा करिब ५० लाख बाबालिकाले फाइदा उठाएका थिए ।

इस्तर डुफलो अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी महिला हुन् । अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने उनी दोस्रो महिला हुन् ।


क्लिकमान्डु