ग्लोबल आईएमई बैंककाे ब्याजदर सार्वजनिक, निक्षेप र कर्जामा कति ?



काठमाडौं । ग्लोबल आईएमई बैंकले ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदरमा मुद्दति निक्षेप तर्फ व्यक्तिगत रुपमा ९.२५ र संस्थागत रुपमा ८.५० प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै बचत तर्फ सबै भन्दा बढी ६ र सबैभन्दा कम ०.७५ प्रतिशत रहेको छ । हाल बैंकले २१ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

यस्तै बैंकले कर्तातर्फको ब्याजदर पनि सार्वजनिक गरेको छ । बैंकबाट कर्जा लिनेले सबै भन्दा बढी १५.५४ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

बैंकका अनुसार असार मसान्तसम्मको आधार दर ९.५४ प्रतिशत रहेको छ । बैंकबाट ओभरड्राफ्ट, प्रोजेक्ट, एजुकेशन, हायरपर्चेज लोन लिँदा, सेयर धितोकर्जा लिँदा १५.५४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट होम, अटो लोन लिँदा भने १४.५४ प्रतिशत ब्याज लाग्ने छ ।


क्लिकमान्डु