सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमणमा आउने भएपछि सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले चिनियाँ राष्ट्रपति सीको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेपनि बैंक तथा वित्तीय संस्थाका शाखा भने खुला रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै चालु आर्थिक बर्षको पहिलो त्रैमास (असोज मसान्त) को राजश्व संकलन गर्नु पर्ने भएकोले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको शाखा खुला गर्न भनेको छ ।

यस्तै असोज, पुष, चैत्र र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिबार लगायतका सार्वजनिक दिनमा पनि खुला राख्न भनेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मात्रै नभएर बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु लगायत नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला राख्न सूचना जारी गरेको छ ।


क्लिकमान्डु