वर्ल्ड इकोनोमिक फोरमको प्रतिवेदनः नेपालको प्रतिस्पर्धी वातावरणमा सुधार



काठमाडौं । वर्ल्ड इकोनोमिक फोरमले प्रकाशन गर्ने ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट मा नेपालको स्थानमा सुधार आएको छ ।

ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट २०१९ मा नेपालले एक स्थान सुधार गर्दै १०८ औं स्थानमा आएको छ । सन् २०१८ मा नेपाल १०९ स्थानमा रहेको थियो ।

फोरमले १४१ देशको आर्थिक स्थितीको बारेमा गरेको अध्ययनमा नेपालले ५१.६ अंक प्राप्त गर्दै एक स्थान सुधार गरेर १०८ स्थानमा आउन सफल भएको हो ।
रिपोर्टमा सबैभन्दा अगाडि ८४.८ अंकका साथ सिंगापुर पहिलो स्थानमा रहेको छ ।

दक्षिण एशियाली देशमा सबैभन्दा राम्रो सुधार भने भारतले गरेको छ । भारतले ६१.४ अंक ल्याउदै ६८ औं स्थानमा रहेको छ ।

वल्र्ड इकोनोमी फोरमले १२ वटा सूचकले अर्थतन्त्रको प्रतिस्पर्धाको स्थितीलाई मापन गर्ने गर्छ ।

आर्थिक सुधारलाई प्राथमिकता दिएको सरकारलाई भने वर्ल्ड इकोनोमिक फोरमले प्रकाशित गरेको विवरण भने उत्साह जनाउने खालको छैन । एक स्थानको सुधार भएपनि सरकारले भने अनुसारको आर्थिक सूचकहरुमा सुधार आउन सकेको छैन ।


क्लिकमान्डु