ललितपुर फाइनान्सको कामु सिइओमा चन्द्र शेखर खड्का



काठमाडौं । ललितपुर फाइनान्सले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा चन्द्र शेखर खड्कालाई नियुक्त गरेको छ ।

फाइनान्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको जानकारी अनुसार ३९७ औं बैठकको निर्णय अनुसार रिक्त प्रमुख कार्यकारी अधिकृतमा खड्कालाई कम्पनी सचिवको कार्यलाई समेत निरन्तरता दिने गरी नियुक्त गरेको जनाएको छ ।

खड्का असोज ६ गतेदेखि लागु हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्मको लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको जनाएको छ ।


क्लिकमान्डु