महालक्ष्मी विकास बैंकबाट आयो खुसीको खबर, सेयरधनीलाई ८ % बोनस र ९.८९ % नगद लाभांश



काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई खुसी बनाउने गरी गतवर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । ८ प्रतिशत बोनस सेयर दिएपछि महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी ३ अर्ब १२ करोड हुने छ ।

दशैंको बिदा सकिएको दिन नै महालक्ष्मी विकास बैंकले सेयरधनीलाई खुसी बनाउने लाभांश घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.८९ प्रतिशत नगद लाभांश समेत घोषणा गरेको छ । जुन रकम बोनस सेयरमा लाग्ने करको लागि समेत प्रयोग हुने छ ।


क्लिकमान्डु