दशैंको बिदा सकिएको दिन प्रभु बैंकका सेयरधनीलाई खुसीको खबर, १६% बोनस सेयर दिने

क्लिकमान्डु २०७६ असोज २३ गते ११:३५ मा प्रकाशित

काठमाडौं । प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

अहिले प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रहेको छ । बोनस सेयर दिएपछि प्रभुको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुने छ ।

बैंकले कर प्रयोजनका लागि ०.८६ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ । पछिल्ला वर्षहरुमा प्रभु बैंकले दिएको यो सर्वाधिक लाभांश हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स