पैसा नतिरी एप्पल आइडी कसरी बनाउने ?



काठमाडौं । तपाई आइओएसको आइफोन चलाउनुहुन्छ ? यदि हो भने तपाईले त्यसमा भएका विशेषताहरु प्रयोग गर्न एप्पल आइडी अनिवार्य बनाउनुपर्ने हुन्छ ।

एप्पल आइडी एप्पलको सर्भरमा हुने तपाईको खाता हो जसले तपाईको डाटा सिंक गर्ने गर्दछ । एप्पल आइडी तपाईको एप्पल डिभाइसको प्रमुख विषय हो ।

एप्पल डिभाइस हुनेले मात्र होइन, एप्पल सुविधाहरु प्रयोग गर्न चाहानेसँग पनि एप्पल आइडि हुनु जरुरी छ । जस्तै एप्पल म्युजिक सुन्न चाहानेसँग पनि एप्पल आइडि हुनुपर्दछ ।

डेभिट वा क्रेडिट कार्ड नहुँदा पनि एप्पल आइडि कसरी बनाउने ?

-क्रियट एप्पल आइडि बेभसाइटमा जानुहोस् ।

-त्यहाँ आउने फाराममा आफ्नो नाम, ठोना, इमेल, जन्ममिति, सुरक्षा प्रश्न लगायत सोधिएको सबै कुरा भर्नुहोस । स्मरण रहोस तपाईको इमेल ठेगाना तपाईको एप्पल आइडि बन्नेछ ।

-पासवर्ड र क्याप्चा कोड सहित सबै विवरण भनेपछि कन्टिनिउ बटनमा क्लिक गर्नुहोस् ।

-अब इमेलमा प्राप्त भएको ६ संख्याको भेरिफिकेशन कोड हान्नुहोस र पुन कन्टिनिउ अप्सन क्लिक गर्नुहोस् ।

-अब तपाईको एप्पल आइडी बन्यो तर कुनैपनि पैसा नतिर्नको लागि स्क्रोल गरी पेमेन्ट एण्ड सिपिङमा गई इडिट अप्सन क्लिक गर्नुहोस् ।

-पेमेन्ट मेथडमा आउने नन् अप्सन क्लिक गर्नुहोस । तपाईले आफ्नो पुरा नाम, ठेगाना र फोन नम्बर हानेको ढुक्क हुनेहोस् ।
-सबै विवरण पुरा भएपछि सेभ बटन क्लिक गर्नुहोस् ।


पुष्प दुलाल