चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ गते राजकीय भ्रमणमा नेपाल आउने



काठमाडौं । २३ वर्षको प्रतीक्षा पछि चिनियाँ राष्ट्रपतिले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले बुधबार चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ २ दिन नेपालमा रहने छन् । उनी असोज २५   गते काठमाडौं ओर्लेर २६ गते फर्कने तालिका छ ।

सरकारले चीनका राष्ट्रपति आउने भएपछि दशैंको बेलामा पनि काठमाडौंका मुख्य चोक तथा बाटोहरु पिच गरेको छ ।


क्लिकमान्डु