तपाईंको स्मार्ट फोन स्लो भयो ? यसरी अपडेट गर्नुस् एन्ड्रोइड भर्सन



काठमाडौं । तपाईंको मोवाइल पहिलाकोभन्दा स्लो भएको छ ? विभिन्न कारणले मोवाइल स्लो हुदाँ ह्याङ हुने समस्या धेरैले झेल्ने समस्या हो । यसरी मोवाइल स्लो हुनुमा एन्ड्रोइड भर्सन पुरानो हुनु र नयाँ अपडेट नगर्नु एउटा कारण हुनसक्छ ।

केहि क्लिकका भरमा समस्या समाधान हुन्छ तर कसरी गर्ने भन्ने आइडिया नहुँदा धेरैले अनावश्यक तनाब झेलिरहनुभएको हुनसक्छ ।

केही क्लिकमै समस्या समाधान हुने प्रक्रिया के हो त ? यो सबैको चासोको विषय हो ।

कसरी गर्ने त अपडेट ?

-मोवाइलमा भएको सेटिङ अप्सनमा जानुहोस् ।

-धेरैजसो एन्ड्रोइड मोवाइको माथि सर्च अप्सन हुन्छन् ।

-सर्च गर्नुहोस । यसले तपाइलाई सिस्टप अप्डेट अप्सन अर्थात् अपडेटसँग सम्वन्धित अप्सन देखाउँछ ।
-सिस्टम अपडेट अप्सनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि चेक नाव वा चेक फर अपडेट्स अप्सन क्लिक गर्नुहोस् ।

-त्यसपछि यदि तपाईको मोवाइलमा पुरानो सिस्टम रहेछ भने नयाँ अपडेट गर्नका लागि डाउनलोड एण्ड इन्टल अप्सन क्लिक गर्नुहोस् ।

यसरी मोवाइलको सिस्टम अपडेट गरेपछि तपाईको मोवाइल पहिलाको भन्दा छिटो चल्न थाल्छ ।  मोवाइल उत्पादक कम्पनी अनुसार अपडेट गर्ने सिस्टम र शब्दमा केहि फरक हुनसक्छ ।


पुष्प दुलाल