माछापुच्छ्रे बैंकको १९औं वार्षिकोत्सब सम्पन्न



काठमाडौै । माछापुच्छ्रे बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाएको छ । केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केक काटेका थिए भने बैंकको अन्य सम्पूर्ण शाखा कार्यालयमा सम्बन्धित शाखा प्रमुखहरुले केक काटेका थिए ।
सन् २००० मा पोखरामा संस्थापित माछापुच्छ«े बैंकले असोज महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउदै आएको छ । हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउने बैंकले यसवर्ष १९ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न १९ प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ«्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ । यसवर्षपनि बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २० औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु