दुर्गा पूजा गर्न ५० किलो सुनको मूर्ती, ४० करोड खर्च



भारतको बंगाल राज्यको सबैभन्दा ठूलो पर्व दुर्गा पूजाका लागि कलकत्तामा दुर्गा माताको सबैभन्दा महंगो र भव्य मूर्ती बनाइएको छ । जसका लागि ५० किलो सुन प्रयोग गरिएको छ ।

१३ फिट अग्लो मुर्ती निर्माणका लागि ४० करोड रुपैयाँ खर्च भएको छ । मूर्तीलाई सन्तोष मित्रा स्वायरमा रहेको पंडालमा राखिनेछ । यो कलकत्तामा बनेको सबैभन्दा महंगो मूर्ती हो ।

कम्प्युनिटी दुर्गा पूजाका अध्यक्ष प्रदीप घोषले पहिलो पटक सुनको मूर्ती बनाइएको बताए । उनका अनुसार यो कनक दुर्गाको मूर्ती हो जसमा शीरदेखि पाउसम्म सुन मात्रै हुनेछ ।

सुरुमा माटोमो मूर्ती बनाइने छ र पछि त्यसमा ५० किलो शुद्ध सुनले लेपन गरिनेछ । यसका लागि सुनको स्पोन्सर आएको छ भने बनाउनका लागि सुनाहरु पनि अगाडि आएका छन् ।

प्रतिमा बिसर्जनपछि उक्त सुन फिर्ता गरिनेछ । मूर्ती बनाउनका लागि २०० जना कालिगढले काम गरिरहेका छन् ।


क्लिकमान्डु