एभरेष्ट बैंकको लगानीकर्ता पीएनबीमा एमडी तथा सीईओ बने एसएस राव



काठमाडौं । एभरेष्ट बैंकको २० प्रतिशत सेयर स्वामित्व रहेको भारतको पन्जाव नेशनल बैंकको प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत पदमा एसएस मल्किार्जुन राव नियुक्त भएका छन् ।

भारत सरकारले रावलाई तीनवर्षको लागि प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यो भन्दा अगाडि राव इलाहावाद बैंकको एमडी तथा सीईओ पदमा कार्यरत थिए ।

रावले आफ्नो करिअरको सुरुवात सन् १९८५ मा महाराष्ट्र बैंकबाट गरेका थिए । ३४ वर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका रावले पिएनबीको नेतृत्वमा हुन लागेको सरकारी बैंकको बिग मर्जरको क्रममा नेतृत्व लिन लागेका हुन् ।

पिएनबी भारतको दोस्रो सबैभन्दा ठूलो सरकारी बैंक हो । जसले नेपालको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर लगानी गरेको छ ।


क्लिकमान्डु