सिटिजन्स बैंकले दशैं विदामा पनि नगद काउन्टर खोल्ने



काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरूलाई सरल, सहज,सुलभ सेवा प्रवाह गर्ने उद्देश्यले वडादशैंका सम्पुूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

बैंकले आश्विन १८, १९, २० र २२ गते काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

३६५ दिन बैंकिंग सेवा प्रवाह गर्ने योजना अन्तर्गत बैंकले विजया दशमीको दिन (आश्विन २१ गते ) काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ ।

उल्लेखित शाखाहरुबाट सेवाग्राहीहरुले बिहान ११ः०० बजे देखि दिउ‘सो २ः०० बजे सम्म नगद काउन्टरको सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु