बहुमत सुझावको आधारमा विधान संशोधनको प्रस्ताव आएको होः महासंघ उपाध्यक्ष चन्द्र ढकाल (भिडियाे)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बहुमत सुझावको आधारमा विधान संशोधनको प्रस्ताव गरिएको बताए ।

बहुमत सदस्यबाट बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष नबनाउने प्रस्ताव गरेको र त्यही प्रस्तावलाई विधान संशोधन समितिले अगाडि बढाएको बताए ।

उनले आफु पनि विधान संशोधन समितिमा रहेको र संशोधनले महासंघको कार्यकाल घटाउने देखि लिएर प्रदेशलाई बलियो बनाउने खालको राखिएको बताए ।
जिल्ला नगरको तर्फबाट महासंघको विधानलाई परिवर्तन गर्नुपर्ने र काठमाडौंभन्दा बाहिर बलियो बनाउनुपर्ने कुरा आएको बताए ।

महासंघ विशेष साधारणसभा कात्तिक २९ गते बोलाइएको र त्यो अनुसार साधारणसभाले विधान संशोधनमा दिएको म्याण्डेट अनुसार चल्ने ढकालले बताए ।

अरू के के भने चन्द्र ढकालले ? भिडियाेमा हेर्नुहाेस   

 


क्लिकमान्डु