ग्लोबल आइएमई बैंकका २ वटा नयाँ शाखा सञ्चालनमा




काठमाडौं । ग्लोबल आइएमई बैंकले दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४८ पुगेको छ ।

बैंकले हाल १४८ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु