एनआईसी एशिया रेमिटबाट निशुल्क आन्तरिक रेमिट्यान्स पठाउन पाइने



काठमाडौं । एनआईसी एशिया बैंकले दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआईसी एशिया रेमिटको चाडपर्वलक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा सञ्चालनमा ल्याएको छ ।

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ शाखा कार्यालय, ७२ वटा विस्तारित काउण्टर, ४२ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सकिने छ । २०७६ आश्विन १४ देखि २०७६ कात्र्तिक १६ गतेसम्म लागू हुने योजनाबाट चाडपर्वहरुको समयमा ग्राहकले बिना झन्झट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् रकम पठाउन र प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकको ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ७२ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु