सिटिजन्स बैंकद्वारा एकै दिन दुई शाखा विस्तार



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौँको लामबगर र सिनामंगलमा नयाँ शाखा संचालनमा ल्याएको छ । यी शाखा बैंकका ८३औं र ८४औं शाखा हुन ।

उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु