सानिमा बैंकको लाभांश लिन कर कार्यालयमा पैसा जम्मा गर्नुपर्ने



काठमाडौं । सानिमा बैंकले सेयर लगानीकर्ताहरुलाई लाभांश दिने भएकोले त्यसको नगद लाभाशंको प्रायोजनको लागि तिर्नुपर्ने रकम कर कार्यालयमा दाखिला गर्न आग्रह गरेको छ ।

बैंकले सूचना जारी गर्दै कर बापतको रकम नगदै जम्मा गर्नुपर्ने भएकोले सानिमा क्यापिटलको नाममा सानिमा बैंक नक्सालमा रहेको खाता नम्बर ००१०१०५१००००३५७ मा जम्मा गर्न भनिएको छ । बैंकको साधारण सभा असोज २९ गते बस्दैछ । उक्त साधारण सभाबाट आव २०७५/०७६ को मुनाफाबाट १० प्रतिशत बोनस र ११.०५२६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

बैंकका अनुसार नगद लाभांशको लागि नियमानुसार कर कट्टी गरी आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न समेत सेयरधनिलाई आग्रह गरिएको छ ।


क्लिकमान्डु