स्टयान्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा कति कर्जामा कति ?
काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्धति निक्षेपमा सबै भन्दा बढी ब्याज ८.२५ प्रतिशत रहेको छ ।
मुद्धति निक्षेपमा नै बैंकको ७.५, ७, ६ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । यस्तै बैंकको बचत खातामा सबै भन्दा बढी ६ प्रतिशतसम्म ब्याज रहेको छ भने सबै भन्दा कम ४ प्रतिशतसम्म रहेको छ । बैंकको ८ वटा बचत खाता सञ्चालनमा रहेका छन् ।
यस्तै बैंकले कर्जाका पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकको असार मसान्तसम्मको बेस रेट (आधार मूल्य) ७.६३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा सबै भन्दा बढी ब्याज १५.१३ प्रतिशत रहेको छ । बैंकबाट पर्सनल लोन लिँदा १५.१३ प्रतिशत ब्याज लाग्ने छ । यस्तै अटो लोन लिँदा १२.६३ प्रतिशत, होम लाने लिँदा १२.६३ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।