ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने, कति छ बोनस र नगद ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले १२.५ प्रतिशत बोनस सेयर तथा त्यसमा लाग्ने कर सहित १२.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने निर्णय गरेका छन् । यसअघि जनता बैंकले ६ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो ।


क्लिकमान्डु