एनआईसी एशिया बैंकले खोल्यो अनामनगर र सौराहामा नयाँ शाखा
काठमाडौं । एनआईसी एशिया बैंकले दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । काठमाडौंको अनामनगर र चितवनको सौराहामा नयाँ शाखाहरु खुलेका हुन ।
अनामनगरस्थित अनामनगर शाखाकोे समुद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गरेका छन भने सौराहा शाखाको समुद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरे ।
बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।