एसबिआई बैंकले १६.८४ प्रतिशत लाभांश दिने, प्रमुख कार्यकारी भट्नागरको कार्यकाल ४ वर्षलाई थप



काठमाडौं । एसबिआई बैंकले ६ प्रतिशत बोनस सेयर तथा १०.८४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

बैंकले वितरण गर्न लागेको नगद लाभांशबाट बोनस सेयरमा लाग्ने कर समेत कट्टा गरिने छ ।

यस्तै संचालक समितिको बैठकले बैंकका प्रवन्ध संचालक अनुकुल भट्नागरको कार्यकाल ४ वर्षको लागि थप्ने निर्णय गरेका छ ।


क्लिकमान्डु