कुमारी बैंककाे १० प्रतिशत बोनस साधारण सभाबाट पारित



काठमाडौं । कुमारी बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५-०७६ को नाफाबाट १० प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनाका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । उक्त बोनस पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ पुग्ने छ ।

आर्थिक वर्ष २०७५÷७६ को मसान्तसम्म बैंकले कुल निक्षेप ८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा ७६ अर्ब ९८ करोड रुपैयाँ प्रवाह गरेको छ । बैंकको संचालन मुनाफा १ अर्ब ७६ करोड खुद मुनाफा आर्जन १ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंकको १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु