बोर्डसँग कुरा नमिलेपछि ई–बेका सिइओ डेभिनले दिए राजीनामा



काठमाडौं । ई–बे का सिइओ डेभिन वेनिगले राजीनामा दिएका छन् । नयाँ बोर्डसँग कुरा नमिलेपछि राजीनामा दिएको उनले आफ्नो ट्वीटमा लेखेका छन् ।

डेभिनले विगत चार वर्षदेखि सिइओको जिम्मेवारी सम्हाल्दै आएका थिए । ई–बेका प्रतिस्पर्धीमा अमेजन डट कम र वालमार्ट रहेका छन् ।

घाटामा रहेको कम्पनीको शेयर वेनिगले सिइओको जिम्मेवारी लिएपछि ४० प्रतिशतले वृद्धि भएको छ ।


क्लिकमान्डु