सुजुुकीको नयाँ शोरुम नक्सालमा खुल्यो



काठमाडौं । सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङस तथा सुजुकीफोर ह्वीलर्सले काठमाडौंको नक्सालमा नयाँ शोरुम खोली आधिकारिक शुभारम्भ गरेको छ ।

उक्त शोरुमको सुजुकी मोटर्स जापानका प्रवन्ध अधिकारी किन्जी साइतोले गरेका छन् ।  हालै सञ्चालनमा आएको शोरुम ४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । अन्तराष्ट्रिय सुजुकी ब्राण्डको निर्देशन अनुरुप शोरुम निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ ।

सुजुकीको ३७ औं आउटका रुपमा सञ्चालनमा आएको यो शोरुमबाट सेल्स, सर्भिस र स्पेयरपार्ट सम्बन्धी सम्पुर्ण सेवा प्रदान गरिनेछ ।
नेपालमा सुजुकीका ३७ वटा सेल्स आउटलेट, ३९ स्थानमा सर्भिस सेन्टर र ३५० भन्दा धेरै सर्टिफाइड पार्टस आउटलेटहरु रहेका छन् ।


क्लिकमान्डु