शुक्रबारदेखि ‘मेड इन नेपाल एक्स्पो २०७६’ मेला हुँदैं



काठमाडौं । युवा उद्यमी मञ्चले दुई दिन ‘मेड इन नेपाल एक्स्पो २०७६’ आयोजना गर्ने भएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष निकोलस पाण्डेले ‘मेड इन नेपाल एक्स्पो’ ७ औं संस्करण असोज १० र ११ गते ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा गर्न लागेको बताएका छन् ।

पाण्डेका अनुसार आफ्नै देशमा बनेका उत्पादनको एकल प्रदर्शनीले स्वदेशी उत्पादनको विस्तार, लगानी प्रबद्र्धन तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने छ । मञ्चले सन् २००६ देखि निरन्तर यस्तो मेला आयोजना गर्दै आईरहेको उनले बताए ।

यस पटकको मेला अघिल्ला वर्षको भन्दा फरक हुने उनको भनाईछ । यो वर्षको मेलामा साना उद्यमीलाई पनि अवसर दिइएको छ । यो पटकको प्रदर्शनीमा श्रृङ्गारका सामान, लत्ता कपडा, जुत्तालगायत वस्तुका साथै अन्य सहित ७० बढी स्टल रहने छन् भने फुड स्टलपनि रहने छन् ।

प्रदर्शनिमा करिब १२ जना उद्यमीलाई गोलाप्रथाबाट निःशूल्क स्टल दिने व्यवस्था गरिएको छ । गोलाप्रथा भने मेला सकिने दिनमात्रै हुने छ । प्रदर्शनीमा दशैंका लागि आवश्यक लत्ताकपडा खरिद बिक्री हुनेछन् । जुन नेपालकै उत्पादक हुने बताइएको छ ।

नेपाली युवा उद्यमी मञ्चमा देशभरिका ४० वर्ष मुनिका ४५० जना युवा उद्यमी रहेका छन् । जसमा ९० प्रतिशत भन्दा बढी पहिलो पुस्ताका रहेको बताइएको छ ।

कार्यक्रममा अध्यक्ष पाण्डेले सरकारको नीतिका कारण साना उद्योगीलाई काम गर्न समस्या भएको बताए । उनले भने ‘सरकारले अहिले सामाजिक सुरक्षाको अवधारणा ल्याएको छ, यो राम्रो हुँदा हुँदै पनि व्यवहारमा उतार्न भने समस्या हुन्छ, यसले स्वदेशमा नै केही गर्न चाहनेलाई समस्या छ ।’
बैंकको ब्याजले पनि काम गर्न समस्या भएको पाण्डले बताए ।


क्लिकमान्डु