‘क’ वर्गको वाणिज्य बैंकसँग कुरा नमिलेपछि मेगा बैंकको रणनीति परिवर्तन, गण्डकीसँग सिरियस छलफल



काठमाडौं । मेगा बैंकले मर्जरको लागि क वर्गका वाणिज्य बैंकसँग कुरा नमिलेपछि राष्ट्रिय स्तरका विकास बैंकसँग मर्जर गर्ने कुराकानी अगाडि बढाएको छ ।

ग्लोबल आइएमई बैंक र मेगा बैंकबीच धेरै चरणमा कुरा भएको थियो । तर,अन्तिममा स्वाप लगायतका विषयमा कुरा नमिलएपछि ग्लोबल र जनता बैंकबीच मर्जर भयो ।

असार मसान्तदेखि विभिनन चरणमा वाणिज्य बैंकहरुसँग कुरा नमिलेपछि मेगा बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई लिने रणनीति बनाएको छ । विगतमा पनि मेगाले राष्ट्रिय स्तरको टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर गरेको थियो ।

पछिल्लो समय मेगा र पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको गण्डकी विकास बैंकसँग मर्जर गर्ने कुरा अगाडि बढाएको छ ।

‘क’ वर्गका वाणिज्य बैंकसँग कुरा नमिलएपछि विकास बैंकसँग मर्जर गर्ने कुरा अगाडि बढाएको मेगा बैंकका एक संचालकले बताए ।

‘हामीले केही विकास बैंकसँग मर्जरको लागि कुरा गरेका छौ, जसमा गण्डकीसँग सकारात्मक ढंगले कुरा अगाडि बढेको छ,’ ति संचालकले भने ।

तर,मर्जर प्रक्रिया जटिल रहेको भन्दै सम्झौतामा हस्ताक्षर नहुँदासम्म त्यसै भन्न नसकिने उनले बताए ।

‘गण्डकी बाहेक अरु विकास बैंकसँग पनि कुरा चलेको हो,गण्डकीसँग केही सकारात्मक कुरा भएको छ,’ ती संचालकले भने ।


क्लिकमान्डु