मर्जर अगाडि नै जनता बैंकका सेयरधनीले १२ प्रतिशत लाभांश पाउने



काठमाडौं । जनता बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको आइतबार ५ बजे बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर तथा त्यसमा लाग्ने कर प्रयोजन सहित ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकले असार मसान्तमा कायम भएको चुक्ता पूँजी ८ अर्ब ७ लाखमा लाभांश घोषणा गरेको हो ।

जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ ।


क्लिकमान्डु