नेशनल लाईफले उत्कृष्ट ब्यवसाय गर्ने २३७ अभिकर्तालाई गर्यो सम्मान



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।

इन्स्योरेन्सको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन ‘चेयरपर्शन क्लब’ समारोहमा आर्थिक वर्ष २०७५-०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७ हजार ४ सय अभिकर्ताहरु मध्ये २३७ जनालाई सम्मान गरेको हो ।

कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनी वित्तिय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष २७ अर्ब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको २ अर्ब भन्दा बढी अर्थात ३ अर्ब रुपैयाँ पुगेको बतााइन ।

सिंहले वर्तमान प्रतिष्पर्धात्मक बजारमा कम्पनीले ब्यवसाय विस्तारको लागि शाखा विस्तार, प्रविधिमा लगानी र नँया बीमालेखहरुमा विशेष ध्यान दिइएको उल्लेख गरिन् । ब्यवसाय विस्तारसँगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत विशेष ध्यान दिएको र गत वर्ष देखि विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराएके समेत जानकारी गराइन ।

उनले भनिन् ‘बालबाालिका शिक्षा योजना छात्रवृत्ती कार्यक्रम संचालन गरेर गत वर्ष ६ जना विपन्न वर्गका बालबालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गरायौं, चालु वर्षमा थप ९ जना गरी हाल सम्म १५ जना बालबालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएको छ ।’

कार्यक्रममा कार्यकारी प्रमुख भरत बस्नेतले आ.व.२०७५-०७६ मा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताए ।

कार्यक्रममा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः ४ लाख, ३ लाख र २ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो ।

साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः २ लाख ५० हजार, २ लाख र १ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । यसै गरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो ।


क्लिकमान्डु