नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध अध्यक्षमा चयन भएका छन् ।

आइतबार भएको साधारण सभाले श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । अध्यक्ष श्रेष्ठको अलावा उपाध्यक्षहरुमा मेहराज ढकाल, जय प्रकाश शिवाकोटी, राजेन्द्र शेरचन महासचिवमा रमानाथ श्रेष्ठ चयन भएका छन् ।

यस्तै सचिवमा लोकनाथ गैरे, कोषाध्यक्षमा सुष्मा महरा र सह कोषाध्यक्षमा दुर्गाराज श्रेष्ठ मनोनयन भएका छन् ।

संघको सदस्यमा विर बहादुर कंडेल, अमुल काजि तुलाधर, प्रदिपमान प्रधान, सदिश श्रेष्ठ, दिपक भण्डारी, गोविन्द प्रसाद बराल, नानिराज घिमिरे, हेम बहादुर स्वाँर, राजेन्द्र अंग्रौला, भरत राज घिमिरे र महेन्द्र कुमार योगल चयन भएका छन् ।


क्लिकमान्डु