एनआईसी एशिया र भाटभटेनीबीच बैंकका ग्राहकलाइ १५% छुट दिने सहमति



काठमाडौं । एन आई सी एशिया बैंक र भाटभटेनी सुपरमार्केटबीच एन आई सी एशिया बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% रकम वा अधिकतम रु. १००० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्नुहुने बैंकका ग्राहकहरुले उपरोक्त छुट प्राप्त गर्न सक्नेछन । यसका साथै बैंकमा खाता नभएका इच्छुकले भाटभटेनी सुपरमार्केटमा रहेको एन आई सी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्ने र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङज्यूले हस्ताक्षर गरेका छन । आश्विन ८ गतेदेखि कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु