भारतमा पेट्रोलीयम पदार्थको मूल्य २ वर्ष यताकै महङगाे




काठमाडौं । भारतमा पेट्रोलको मूल्य २ वर्ष यताकै महङगो भएको छ । पछिल्लो ६ दिनमै पेट्रोल १ रुपैंयाँ ५९ पैसा र डिजल १ रुपैंयाँ ३१ पैसाले बढेको हो ।

सन २०१७ देखि शुरु भएको डेली प्राइस रिभ्यू सिस्टमको रेकर्ड अनुसार अहिलेको मूल्य सबैभन्दा महङगो भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिले दिल्लीमा पेट्रोल ७३ रुपैँया ६२ पैसा र डिजल ६६ रुपैंया ७४ पैसामा कारोबार भइरहेको छ ।

गत सेप्टेम्बर १७ मा साउदी अरबका तेल उत्पादन कम्पनीमा आक्रमण भएपछि पेट्रोलीयम पदार्थको कारोबारमा अवरोध सिर्र्जना भएको छ ।


क्लिकमान्डु